रुकुममा पत्रकार कुटिए

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ कार्तिक २४, शनिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कार्तिक २४, रुकुम ।
नेपाल प्रेस युनियन रुकुम पश्चिमका सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनाल एक समूहको सांघातिक आक्रमण भएको छ ।

नेपाल प्रेस युनियनले एक विज्ञप्तिमार्फत नेकपामा क्रियाशिल रहेका पूर्व माओवादी नेता कार्यकर्ताहरुको समुहले खनाललाई छुरी प्रहार गरि गम्भिर घाइते बनाएको आरोप लगाएको छ ।

खनालसँगै भलिवलका राष्ट्रिय खेलाडी दिपक कुसारी, मदन कुसारी रिजाल सहित थप १२ जना व्यक्तिहरु समेत सांघातिक आक्रमणमा परेको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार अपरान्ह साढे ४ वजेतिर रुकुम वाफिकोट ६ मग्माका स्थानिय सोनु परियारको शुद्धी कार्यक्रममा जाँदै गरेका उनीहरु आक्रमणमा परेको जनाइएको छ ।

आक्रमणमा परि घाइते भएकाहरुको सदरमुकाम खलङ्गामा उपचार भइरहेको जनाइएको छ ।

युनियनले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग पनि विज्ञप्तिमार्फत गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस