स्पेनिस ला लिगाः रियलको कार्डिजसँग बराबरी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष ५, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस ५, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले कार्डिजसँग बराबरी गरेको छ । आईतबार राति रियलले घरेलु मैदानमा कार्डिजसँग गोल रहित बराबरी खेलेको हो ।

लिगको शीर्ष स्थानमा रहेको रियलले रेलिगेशनबाट बच्न संघर्षरत कार्डिजसँग बराबरी खेल्दै अंक बाँडेको हो । इडेन हजार्डले पछिल्लो तीन महिनामा पहिलो पटक रियलको सुरुवाती टिममा अटाएका थिए । तर कोभिडबाट प्रभावित शीर्ष स्थानको रियलले खेलमा संघर्ष गर्नुपर्यो ।

कोभिडबाट संक्रमित रियलका मुख्य ६ खेलाडी मैदानमा थिएनन् । तर सबैको नजर प्लेमेकर इडेन हजार्डमा रहेको थियो । उनी गत सेप्टेम्बरपछि पहिलो पटक मैदान देखिएका थिए ।

रियलको पछिल्लो १० खेलको जितको श्रृङ्खलामा समेत पूर्ण विराम लागेको छ । रियलले दोस्रो स्थानको सेभिलासँग ८ अंकको अग्रता लिने अवसर गुमाएको छ ।

कार्डिज १४ अंक सहित तालिकाको पुछारदेखि दोस्रोमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस