मन्त्री खतिवडाद्धारा गृह जिल्लाको खोपकेन्द्रबाट विद्यार्थीलाई खोप कार्यक्रम शुभारम्भ

Post Thumbnail

पुस ५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विद्यालय मै खोप केन्द्र राखेर विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रमको शुभारम्भ गरेका छन् । सरकारले आइतबारबाट ७ वटै प्रदेशका ५७ वटा जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धका मोर्डना खोप दिन सुरु गरेको हो ।

सोही क्रममा गृहजिल्ला मकवानपुरको हेटौंडा उपमहानगर पालिका स्थित भुटनदेवी माध्यमिक विद्यालयको खोपकेन्द्रबाट आइतबार आफैं सहभागी भएर विद्यार्थीहरुलाई खोप लगाउने कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन् । उक्त विद्यालय मन्त्री खतिवडा आफैंले अध्ययन गरेको पुरानो विद्यालय हो ।

अभियानको शुभारम्भ गर्दै मन्त्री खतिवडाले खोप अभिानबाट कोही पनि नेपाली बञ्चित हुनु नपर्ने भन्दै सबैलाई सक्रीय सहभागीता दर्शाउन अनुरोध गरे । हरेक जिल्लामा त्यसै गरी स्थानीय तहमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र विभिन्न दलका नेताले अभियानको सुरुआत गरेका छन् । कार्यक्रममा मन्त्री खतिवडाले सबै बालबालिकालाई खोप नलगाएसम्म निरन्तर रूपमा यो अभियान जारी रहने बताए ।

तीन वटा प्रदेशका ८ वटा जिल्लामा भने पुस १३ देखि २२ सम्म फाइजर खोप अभियान चलाइने भएको छ । जसमा बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन गरी ६ जिल्ला तथा सुदूरपश्चिमको डँडेलधुरा र कर्णाली प्रदेशको सुर्खेत रहेको छ ।

मन्त्रालयले १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा खोप लगाउने गरी कार्यतालिका सार्वजनिक गरेको छ । विद्यालयलाई खोप केन्द्र बनाउने सन्दर्भमा भने जिल्ला स्तरीय प्रमुख जिल अधिकारी र स्थानीय सरकार प्रमुख रहेको समितिले निर्धारण गरेको छ । धेरै विद्यार्थी भएको विद्यालयमा सोही विद्यालयमा र कम विद्यार्थी भए दुई तीनवटा विद्यालयको मिलाएर कुनै एउटा विद्यालयमा खोप लगाइने तय भएको हो ।

जिल्लास्थित जनस्वास्थ्य कार्यालयको समन्वयमा स्थानीय तहले विद्यालयका अभियान सुरु भएको हो । पहाडी र दुर्गग जिल्लामा सय विद्याथी भएपछि खोप केन्द्र मानिएको छ भने तरार्य र शहरी ठाउमा दुई सय विद्यार्थीलाई एक खोप केन्द्र मानिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस