चीनबाट खोप लिएर आएको कतार एयरको जहाज अवतरण गर्न नसकेपछि फिर्ता

पुस ५, काठमाडौ । काठमाण्डौ – मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज सोमवार चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप फिर्ता भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एसियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता गए पनि भोलि मङ्गलवारसम्ममा आइपुग्ने जानकारी दिनुभयो । उहाँका अनुसार त्यहाँबाट १२ लाख एक हजार आठ सय ८७ मात्रा खोप आउन लागेको थियो ।

संम्बन्धित समचार

Leave a Reply