प्रतिनिधि सभा बैठक बस्दै, एमालेले अवरोध जारी राख्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष ६, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस ६, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज मंगलबार बस्दै छ । बैठक दिउँसो १ बजे संसद सचिवालयले जनाएको छ । आजको बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । समितिको बैठक बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बोलाइएको छ ।

आजको बैठकमा सोमबार सार्वजनिक सम्भावित कार्यसूचीअनुसार दुई अध्यादेश प्रस्तुत हुँदैछन् । कानुन मन्त्री दिलेन्द्र प्रसाद बडुले यौन हिंसाविरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यता, प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने आजको बैठक अवरुद्ध गर्ने जनाएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पूर्ववत् विरोधका कार्यक्रमहरू यथावतै रहेको बताए । उनले भने, ‘नयाँ घटनाक्रम विकास नभएकाले हामी पूर्ववत रुपमा अगाडि बढ्ने छौँ ।’

एमालेले आफूले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै विरोध गर्दै आएको छ । गत मंगलबारदेखि शुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा पनि एमालेले विरोध जारी राखेपछि सभामुख सापकोटाले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।

एमालेले कारवाही गरेका सांसदका लिस्ट तास्नुपर्ने नभए सभामुखले राजीनामा दिनुपर्ने एमालेको माग छ । संसदको गतिरोध अन्त्य गर्न र एमसीसीबारे साझा सहमति बनाउँन प्रधानमन्त्री शेर बहादुर देउवाले गत आइतबार सर्वदलीय बैठक बोलाएका थिए । बैठक बिना निष्कर्ष सकिएको थियो । एमाले भने बैठकमा उपस्थित भएन ।

ताजा अपडेट

खोजी गर्नुहोस