मन्त्रीले अदालतको आदेश विरुद्ध षडयन्त्र गरे : उपाध्यक्ष रोक्का

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ पौष ६, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस ६, काठमाडौ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष  डा.देवराज रोका (कल्याण) ले पत्रकार सम्मेलन आयोजना गर्दै आफुलाई युवा तथा खेलकुद मन्त्रीले अनावश्यक दबाब दिएको बताएका छन ।

उनले मातहतको मन्त्रीद्रारा आफ्नो सस्थामा अनावश्यक हस्तक्षेप स्विकार्य नहुसमेत चेतावनी दिएका छन् ।
कोषको कार्यकक्षमा पत्रकारहरु संग कुरा गर्दै रोकाले खेदकुद मन्त्रीले राजनैतिक पुर्वाग्रह राखी आफुलाई सम्मानित अदालतको आदेश विरुद्ध षडयन्त्रहरु गरिरहेको आरोप लगाए ।

कार्यकारी उपाध्यक्ष रोकालाई केही महिना अघि मात्र मन्त्रालयले राजनैतिक पुर्वाग्रह राखी पदबाट हटाएको थियो। त्यसपछि लगत्तै उनले आफुलाई सरकारले ४ बर्षका लागि कोषमा नियुक्त गरेको र आफुबाट कुनै किसिमको गल्ती नभै राजनैतिक पुर्वाग्रहको आधारमा हटाएको ठहर गर्दै अदालतमा मुद्दा  हालेका थिए ।

सर्वोच्च अदालतले रोकालाई हटाउने निर्णय गैरकानुनी ठहर गर्दै सरकारको नाममा यहि मंसिर २७ गरे अल्पकालीन आदेश जारी गरेको थियो । रोकालाई आफ्नो कामकारबाही गर्न आदेश दिएको थियो।सम्मानित अदालतको आदेश बमोजिम काम गर्दै आउनु भएका रोकालाई पुर्वाग्रह अनुरुप खेलकुद मन्त्रीले मन्त्रीस्तरिय निर्णय गरि हिजो पुस ५ गते मन्त्रालयमा रहनेगरि काजमा सरुवा गरेको पत्र थमाएको छ।

सो क्रममा उनले भने -“मेरो नेतृत्वमा हजारौ बेरोजगार युवाहरुले रोजगारी पाएका छन,स्वरोजगार बनेका छन । मेरो नेतृत्वको टिमले राम्रो काम गरेको देखेर राजनैतिक पुर्वाग्रह राखी मन्त्रीले मलाई हटाउने दुस्साहस गरे तर सम्मानित अदालतले त्यो सफल हुन दिएन,अदालतको निर्णय नमान्ने वा नपर्खिने मन्त्रीले जनतालाई के सन्देश दिन खोजेका हुन ?”

उनले मन्त्रीके अनावश्यक टचर दिइरहेको बताए । उनको भने -‘हिजो त नियममै नभएको कोषको कार्यकारी उपाध्यक्षलाई मन्त्रालयमा काज सरुवा गरेको पत्र आउँदा तिनछक्क परेँ’ उहाँको जिकिर थियो।

सर्वोच्च अदालतले यहि पुस ११ गतेलाई उक्त रिट बमोजिम पुर्णकालिन आदेशका लागि मिति तोकेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस