प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् कार्यसूची!

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष ७, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस ७, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यसैगरी, बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन), ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ तथा ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ । साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८ समेत स्वीकृतिका लागि पेस गर्ने कार्यसूची छ ।

यस्तै, यसअघि मंगलबार केही समय बैठक बसेर स्थगित भएको थियो । प्रमुख प्रतिपक्ष नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठकमा अवरोध गर्दै आएको छ । एमालेले आजको बैठकमा पनि अवरोध जारी राख्ने रणनीति तय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस