स्पेनिस ला लिगाः सेभियासँग बार्सिलोनाको बराबरी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष ७, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस ७, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेल बार्सिलोना १० खेलाडीमा सिमित सेभियासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

सेभियाको मैदानमा सुरुआती अग्रता घरेलु टोलीले बनाएको थियो । खेलको ३२ औं मिनेटमा पापु गोमेजले गोल गर्दै सेभियालाई १-० गोलको अग्रता दिलाएका थिए ।

तर, खेलको ४५ औं मिनेटमा रोनाल्ड अरुजोले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ६४ औं मिनेटमा जुलेसले रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा समेटिएको थियो ।

यस बार्सिलोनाले १८ खेलमा २८ अंक जोडेको छ । बार्सिलोना सातौं स्थानमा रहेको छ । सेभिया ३८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस