निमाविमा २५९८ शिक्षकका लागि विज्ञापन खुल्यो

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ पौष ७, बुधबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

पुस ७, काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको छ । २ हजार ५९८ शिक्षकका लागि आयोगले विज्ञापन खुलाएको हो ।

नेपाली विषयका लागि ४ सय ३७, अंग्रेजी विषयका लागि ६ सय २४, गणितमा ३ सय ७१, विज्ञानमा ४ सय ४०, सामाजिक अध्ययनमा ३ सय ५३, शुक्लयर्वेदमा एक, गणित–विज्ञानमा ३ सय ६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गर्दै विज्ञापन खुलाएको हो ।

ईच्छुक उम्मेदवारले आउँदो माघ महिनाको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । आवेदनका लागि आयोगको वेबसाइट www.tsc.gov.np  मा गएर अनलाइन फारमसमेत भर्न सकिने  छ ।

आयोगले माध्यमिक तहका लागि यसअघिनै विज्ञापन खुलाइसकेको छ । माध्यमिक तहमा पुस २९ सम्म तोकिएको दस्तुर र माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ । मावि तहको परीक्षा चैत १५ गतेलाई तोकिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस