चार वटा कम्पनीको शेयरमूल्य समायोजन

पुस ७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज ४ कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ एमएमबि बैंक, नेपाल एसबिआई बैंक, छिमेक लघुवित्त र गणपति लघुवित्त कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले आज एनएमबि बैंकको १२.५० प्रतिशत र नेपाल एसबिआई बैंकको ३.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। त्यसैगरी, यस दिन छिमेक लघुवित्तको २७ प्रतिशत र गणपति लघुवित्तको १९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।

समायोजनपश्चात एनएमबि बैंकको शेयरमूल्य ३३६ रुपैयाँ ३६ पैसा, एसबिआई बैंकको ३४४ रुपैयाँ ८३ पैसा, छिमेक लघुवित्तको १ हजार २४० रुपैयाँ ८ पैसा र गणपति लघुवित्तको १ हजार १७४ रुपैयाँ ७९ पैसा कामय भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात पुस ६ गते एनएमबि बैंकको शेयर प्रतिकित्ता ३७८ रुपैयाँ ४० पैसा, नेपाल एसबिआई बैंकको ३५६ रुपैयाँ ९० पैसा, छिमेक लघुवित्तको १ हजार ५७४ रुपैयाँ ९० र गणपति लघुवित्तको १ हजार ३९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

बुधबार यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ ।

संम्बन्धित समचार

Leave a Comment