वाणिज्य बैंकको लाभांश घोषणाः कुन बैंकको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष ७, बुधबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

पुस ७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत सबै वाणिज्य बैंकले गत आर्थिक वर्षका नाफाबाट लगानीकर्तालाई लाभांश वितरणको घोषणा गरेका छन् । कूल २७ वाणिज्य बैंकमध्ये नेप्सेमा सूचीकृत २६ वटाले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य नाफाबाट नगद तथा बोनस शेयरसमेत दिने गरी लाभांश घोषणा गरेका हुन् ।

सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार नबिल बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने भएको छ । नबिलले ३३.६ प्रतिशत बोनस शेयर तथा ४.४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । त्यस्तै गत आवको वितरणयोग्य नाफाका आधारमा सिभिल बैंकले सबैभन्दा कम ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको घोषित लाभांशमध्ये पाँच प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद हुने बैंकले जनाएको छ ।

त्यस्तै हिमालयन बैंकले आफ्ना लगानीकर्तालाई २१.३८ प्रतिशत बोनस शेयर तथा ४.६२ प्रतिशत नगद गरेर २६ प्रतिशत लाभांश दिने भएको छ । कृषि विकास बैंकले २० प्रतिशत बोनस र १.०५२६ प्रतिशत नगद गरी २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

हेर्नुहोस कुन बैंकको कति
सानिमा बैंकः
१७ प्रतिशत बोनस तथा शून्य दशमलव ८९४७ प्रतिशत नगदसहित १७.८९४७ प्रतिशत
नेपाल बैंकः १४ प्रतिशत बोनस तथा तीन प्रतिशत नगदसहित १७ प्रतिशत
प्राइम कमर्सियल बैंकः १६ प्रतिशत बोनस तथा शून्य दशमलव ६३१३ प्रतिशत नगद गरी कूल १६.६३१३ प्रतिशत
नेपाल इन्भेस्टमेन्ट बैंकः १२.६११ प्रतिशत बोनस तथा ३.३८९ प्रतिशत नगदसहित १६ प्रतिशत
सिटिजन्स बैंकः १२.९१३ बोनस तथा ३.०८७ प्रतिशत नगद गरेर १६ प्रतिशत

एनएमबी बैंकः १२.५ प्रतिशत बोनस शेयर तथा ३.३ नगदसहित १५.८ प्रतिशत
एनआइसी एसिया बैंकः १५ प्रतिशत बोनस र शून्य दशमलव ७८९५ प्रतिशत नगद गरी १५.७८९५ प्रतिशत,
नेपाल बङ्गलादेश बैंकः १२ प्रतिशत बोनस र ३.५ प्रतिशत नगदसहित १५.५ प्रतिशत,
सिद्धार्थ बैंकः १४.२५ बोनस र शून्य दशमलव ७५ प्रतिशत नगदसहित १५ प्रतिशत,
माच्छापुच्छ्रे बैंकः १३.३ बोनस तथा शून्य दशमलव सात प्रतिशत नगदसहित १४ प्रतिशत,
बैंक अफ काठमाण्डूः १० प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी १४ प्रतिशत,
ग्लोबल आइएमई बैैंकः १० प्रतिशत बोनस तथा ३.५ प्रतिशत नगदसहित १३.५ प्रतिशत
स्ट्याण्डर्ड चार्टर्ड बैंकः १० प्रतिशत बोनस तथा ३.०६ प्रतिशत नगद गरी १३.०६ प्रतिशत

प्रभु बैंकः १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगदसहित १२.६३ प्रतिशत
मेगा बैंकः १० प्रतिशत बोनस तथा २.०७ नगदसहित १२.०७ प्रतिशत
लक्ष्मी बैंकः ८ प्रतिशत बोनस तथा ३.५ नगद गरेर ११.५ प्रतिशत
एभरेष्ट बैंकः ६ प्रतिशत बोनस शेयर र ४.३२ प्रतिशत नगदसहित १०.३२ प्रतिशत,
कुमारी बैैंकः ६ प्रतिशत बोनस तथा २.६७ प्रतिशत नगदसहित ८.६७ प्रतिशत
नेपाल क्रेडिट एण्ड कमर्स बैंकः ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद
सनराइज बैंकः ६.६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगदसहित ७ प्रतिशत
सेन्चुरी बैंकः ५.७५ प्रतिशत बोनस तथा शून्य दशमलव तीन प्रतिशत नगद गरी ६.०५ प्रतिशत
नेपाल एसबिआई बैंकः ३.५ प्रतिशत बोनस शेयर र १.८१ प्रतिशत नगद गरी जम्मा ५.३१ प्रतिशत

घोषणा भएका लाभांश नियामकको अनुमति र साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीले प्राप्त गर्छन् । शेयरधनी दर्ता पुस्तिका बन्द बुक क्लोजको दिनसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुन्छन् । घोषित लाभांशमध्ये नगद लगानीकर्ताले उपलब्ध गराएको बैंक खाता र बोनस शेयर डिम्याट खातामा सोझै जम्मा हुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस