‘राधे श्याम’ को ट्रेलरको रिलिज मिति सार्वजनिक

पुस ७,काठमाडौँ । साउथका सुपरस्टार प्रभास र पूजा हेगडेको आगामी फिल्म ‘राधे श्याम’ को ट्रेलरको रिलिज मिति सार्वजनिक भएको छ । हालै पूजा हेगडेले सामाजिक सञ्जालमार्फत फिल्मको नयाँ पोस्टर सेयर गरेकी छिन् । पोस्टरको क्याप्शनमा उनले लेखेकी छिन्, ‘भारतीय सिनेमामा फ्यानहरूद्वारा गरिएको पहिलो ट्रेलर सार्वजनिक कार्यक्रमको साक्षी बन्नुहोस् । लन्च कार्यक्रम २३ डिसेम्बरमा रामोजी फिल्म सिटी, हैदराबादमा हुनेछ ।’

राधा कृष्ण कुमार निर्देशित यस फिल्ममा प्रभास–पूजा बाहेक भाग्यश्री, कृष्णम राजु, प्रियदर्शी, सचिन खेडकर, मुरली शर्मा, कुणाल रोय कपूर, सत्यन र नायक पनि दखिन सकिनेछ ।

यस्तै, जयराम मुख्य भूमिकामा छन् ।

संम्बन्धित समचार

Leave a Comment