नेपालमा थप एक जनामा ओमिक्रोन पृष्टि !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष ७, बुधबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

पुस ७,काठमाडौँ । नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ५८ वर्षिया पुरुषमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिए ।

उनले संक्रमित व्यक्ति ओमिक्रोन फैलिएको देशबाट आएको भए पनि कुन देशबाट आएको भन्ने खुलाएका छैनन् ।

सहप्रवक्ता डा.अधिकारीले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहनुका साथै मन्त्रालयको निगरानीमा रहको जनानकारी दिए । यो सँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस