नगर विकास कोष धमाधम विकासे सम्झौता गर्दै ! एकैदिन तीन पालिकासंग ३८ करोड ४१ लाख बढिको ऋण सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७८ पौष ८, बिहिबार (२ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail

पुस 7, काठमाडौ । नगर विकास कोषले देशका विभिन्न नगरपालिकासंग विकासे सम्झौतालाई तिब्रता दिएको छ । सोही क्रममा बुधबारमात्रै कोषले तीन नगरपालिकासंग ऋण सम्झौता गरेको छ ।

सन्तुलित शहरी विकास आजको आवश्यकता भएसंगै नगर विकास कोषले बढी भन्दा बढी नगरपालिकाहरुलाई शहरी पूर्वाधार विकासमा वित्तिय तथा प्रविधिक सहायता प्रदान गर्ने लक्ष्य अनुरुप गुजरा नगरपालिकाको वडा नं. २ सिमरा भवानीपुरमा निर्माण हुने “गुजरा बहुउद्देशिय भवन आयोजना निर्माणका लागि  गुजरा नगरपालिका र नगर विकास कोष बीच ऋण सम्झौता सम्पन्न भएको छ ।

नगर विकास कोषका कार्यकारी निर्देशक  कृष्ण प्रसाद सापकोटा र गुजरा नगरपालिकाका प्रमुख  सन्तलाल प्रसाद चौधरी बीच रु.५ करोड २९ लाख ९८ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न गरिएको छ । “गुजरा बहुउद्देशिय भवन आयोजना निर्माणको कुल अनुमानित लागत रकम रु. ८ करोड ८३ लाख ३१ हजारको ६० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ४० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ ।

गुजरा नगरपालिकाको करिब ३.३ रोपनी क्षेत्रफलमा निर्माण हुने यो आयोजनालाई नगरपालिकाको महत्वपूर्ण व्यावसायिक क्रियाकलापको पूर्वाधारको आयोजनाको रुपमा हेरिएको छ ।

कोल्हवी नगरसंग १२ करोड ९६ लाख ५४ हजारको ऋण सम्झौता

यसैबीच शहरी पुर्वाधारका ठूला आयोजनाले आर्थिक र सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने कोल्हवी नगरपालिकामा व्यवस्थित शहरी विकासका पूर्वाधारहरुको विस्तार र विकासका लागि कोल्हवी नगरपालिकाको वडा नं. १ मा करिब ४६ रोपनी क्षेत्रफलमा “कोल्हवी हाट बजार आयोजना निर्माणको लागीपनि ऋण सम्झौता भएको छ ।

नगर विकास कोषका कार्यकारी निर्देशक सापकोटा र कोल्हवी नगरपालिकाका प्रमुख भरत बहादुर भण्डारी बीच रु. १२ करोड ९६ लाख ५४ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो ।

यस “कोल्हवी हाट बजार आयोजना निर्माणको कुल अनुमानित लागत रकम रु. १७ करोड २८ लाख ७३ हजारको ७५ प्रतिशत ऋण रकम कोषको तर्फबाट र २५ प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ ।

उक्त सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुखबाट यस आयोजनाबाट अव्यवस्थित बजार व्यवस्थित भर्ई एकीकृत बजार विकास हुने र यसबाट नगरवासीले गुणस्तरीय सेवा सुविधा प्राप्त गर्ने बताए । कार्यक्रममा कोषका कार्यकारी निर्देशक सापकोटाले नगरपालिकामा निर्माण हुने यस आयोजनाले स्थानीय जनताको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

पथरी शनिश्चरे नगरपालिकामा “पथरी शनिश्चरे सपिङ्ग कम्प्लेक्स भवन निर्माणका लागि ऋण सम्झौता

नगर विकास कोषका कार्यकारी निर्देशक सापकोटा र पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार राई बीच रु. २० करोड १५ लाखको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न गरिएको छ ।“पथरी शनिश्चरे सपिङ्ग कम्प्लेक्स भवन  आयोजना निर्माणको कुल अनुमानित लागत रकम रु. २८ करोड ७८ लाख ६१ हजारको ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ ।

उक्त सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुखबाट नगरपालिकाले यस आयोजनालाई नगरवासीहरुलाई व्यवस्थित र आधुनिक शहरी सेवा सुविधा प्रवाह गर्ने र नगरपालिकाको आन्तरिक आय स्रोतमा समेत बृद्धि हुने महत्वपूर्ण आयोजनाकोरुपमा लिएको विचार व्यक्त गरे । उनले यस आयोजनाको सफल कार्यान्वयनबाट नगरको सामाजिक आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा गुणस्तरीयरुपमा समयमा आयोजना सम्पन्न गर्नेतर्फ नगरपालिकाको ध्यान केन्द्रित हुने विचार व्यक्त गरे ।

सम्झौता कार्यक्रममा कोषका कार्यकारी निर्देशक सापकोटाले आर्थिक गतिविधीका लागि केन्द्र बन्दै गएको नगरपालिकामा निर्माण हुने यस्ता ठूला आयोजनाले शहरलाई गतिशिल बनाई नगरको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विचार राखे ।  नगर विकास कोष सदैव नगरपालिकाको व्यवस्थित शहरीकरणमा नगरपालिकासंग सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस