निर्देशक गिरीको नयाँ चलचित्र ‘दिलमाया २’ माघबाट

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ कार्तिक २४, शनिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कात्तिक २४, काठमाडौं । चलचित्र निर्देशक राजु गिरीले नयाँ चलचित्र बजारमा ल्याउने भएका छन् ।

निकै नै चर्चित चलचित्रहरु निर्माण गरिसकेका निर्देशक गिरीले चलचित्र ‘दिलमाया २’ बनाउन लागेका हुन् । उनले आफुले धेरै पहिले यो चलचित्र बनाउने सोच बनाएको र अब भने बल्ल समय मिलेको बताएका छन् ।

चलचित्र शुभश्री प्रोडक्सन र राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माता अमर गुरुङले निर्माण गर्न लागेका हुन् । चलचित्र लेखन तथा निर्देशन राजु गिरीले गरेका छन् । यस चलचित्रमा चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत दिएका छन् भने क्यामेरामा रामेश्वर हुमागाई तथा नृत्यमा राम्जी लामीछाने र अनिल राई रहेका छन् ।

निर्देशक गिरीका अनुसार, यो चलचित्रका लागि अहिले बजारमा चलेका कलाकारहरुसँग छलफल भैरहेको छ । उनले चाँडै नै कलाकारहरु सार्वजनिक गर्ने समेत बताएका छन् । माघको दोस्रो हप्ताबाट चलचित्र निर्माण कार्य सुरु हुने निर्देशक गिरीको भनाई रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस