लोरेन्टसँग पीएसजीको बराबरी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष ८, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस ८, एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा पीएसजी लोरेन्टसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको इन्जुरी समयमा मौरा इकार्डीले गोल गरेपछि पीएसजी हारबाट जोगिएको हो । त्यसअघि खेलको ४० औं मिनेटमा थोमसले गोल गर्दै लोरेन्टलाई अग्रता दिलाएका थिए ।

यस्तै खेलको ८६ औं मिनेटमा सर्जियो रामोसले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो ।

यस बराबरीसँगै पीएसजीले १९ खेलमा ४६ अंक जोडेको छ । पीएसजी दोस्रो स्थानको निश भन्दा १३ अंकले अघि रहेको छ । लोरेन्ट १६ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस