ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ पौष ९, शुक्रबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पुस ९, काठमाण्डौ । तनहुँको भिमाद नगरपालिका–६, सिमबोटमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल चालक तनहुँकै ऋषिङ गाउँपालिका–७, डुकडाँडा घर भई भिमाद–६, मालेबगरमा बस्ने २६ वर्षीय प्रकाश रानाको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा मृत्यु भएको जनाइएको छ । गए राति करिब साढे ११ बजे पार्किङ गरिराखेको ग१त ३७६९ नम्बरको ट्याक्टरमा रानाले चलाएको बा१५प ५०९३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुवै सवारीसाधन र ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय भिमादले जानकारी दिएको छ ।

यस्तै, गुल्मीको दरबार गाउँपालिका–४, बिरबासमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एकजना घाइते छन् । दुर्घटनामा गम्भीर घाइते भएका दरबार–४, बिरबास, बाख्रेका ३० वर्षीय पदम ढेगाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बिरबासबाट भेडुवातर्फ जाँदै गरेको लु१७प ६४५२ नम्बरको मोटरसाइकल हिजो साँझ करिब ६ बजे अनियन्त्रित भई पल्टिएको प्रहरीचौकी शृंगाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस