जंगल बचाउन ग्याँस चुल्हो वितरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ बैशाख ३१, सोमबार (६ साल अघि)
  • ४५ पटक पढिएको
Post Thumbnail

 

जंगल बचाउन ग्याँस चुल्हो वितरण जुम्ला- जिल्लाको गुठिचौर गाउँपालिका ३ मा जंगल बचाउनको लागि एक घर एक ग्यास चुलो उपलव्ध गराइएको छ। तीन नम्वर वडाले सबैको घरमा ग्यास सिलिण्डर र चुलो उपलव्ध गराएर जंगल बचाउने अभियान थालेको हो। गाउँमै ग्याँस चुलोमा खाना पकाउन पाउने भएपछि स्थानीय दंग छन।  स्थानीय राजु कामी धुवाँरहित वडा बनाउनको लागि ठूलो सहयोग पुगेको बताउँछिन्।

 

‘वर्षौंदेखि धुवाँले आँखा पिरो हुँदासम्म खाना पकाउन बाध्य थियौ’, उनले भनिन,  ‘अहिले  ग्याँस चुलोमा खाना पकाउन  पाउँदा खुसी छौ।’ गुठिचौर गाउँपालिका वडा नम्वर ३ गज्र्याङ्गकोट गाउँका ३ सय ७१ घरमा ग्याँस चुलो वितरण गरिएको हो।

 

गाउँपालिकाको अनुदान सहयोगमा गज्र्याङ्गकोट गाउँमा ग्याँस चुलो वितरण गरिएको हो। दाउराको खपत घट्ने भएकाले वन फँडानी हुनबाट जोगिने  स्थानीयको विश्वास छ। मानव स्वास्थ्यमा प्रतिकूल असरवाट बचाउन ग्याँस चुलो प्रयोग गर्न वडाअध्यक्ष प्रेम बुढाले स्थानीयवासीलाई आग्रह गरे। गुठिचौर गाउँपालिका वडा नम्बर ३ का ३ सय ७१ घरपरिवारले ग्याँस चुलो पाएका छन्।

 

३ नम्बर वडा कार्यालयले २४ लाख र ४ लाख स्थानीयको सहयोगमा ग्याँस चुलो खरिद गरिएको थियो। निरन्तर रुपमा भइरहेको बनको बिनासलाई रोक्नको लागि घर घरमा ग्याँस चुलो वितरण गरिएको वडाध्यक्ष बुढाले बताए। सित्तैमा एउटा ग्याँस चुलो र भरिएको ग्यास सिलन्डर पाएपछि गाउँलेहरु हर्षित भएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस