बागमतीमा काँग्रेसबाट ६ मन्त्री थपिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष ९, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस ९, काठमाडौँ । बागमती प्रदेशमा नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरूको नाम टुंगो लागेको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज नेपाली कांग्रेसबाट ३/३ जना मन्त्री र राज्यमन्त्री नियुक्त गर्दैछन् ।

कांग्रेस स्रोतका अनुसार कांग्रेसबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्रीमा दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीमा बलराम पौडेल नियुक्त हुने भएका छन् । त्यस्तैगरी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली र रजनी अमात्य जोन्छे उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री बन्ने पक्का भएको छ ।

यसअघि कांग्रेसले ३ मन्त्री र दुई राज्यमन्त्री पाउने भनिएकोमा एकजना राज्यमन्त्री थपिने भएको हो । मुख्यमन्त्री पाण्डेले गठबन्धन दलमा भागवण्डा मिलाउन यसअघि नै आठ मन्त्रालयलाई विभाजन गरेर १४ पुर्‍याएका थिए । हाल प्रदेशमा ११ मन्त्री र एकजना राज्यमन्त्रीसहित १२ जना सरकारमा छन् ।

जसमा कांग्रेसबाट स्वास्थ्यमन्त्री र भौतिक पुर्वाधार मन्त्री यसअघि नै बनिसकेका छन् । आज ६ मन्त्री थपिएसँगै बागमती प्रदेशमा १८ जना मन्त्री हुनेछन् । उनीहरूलाई आज साँझ नै शपथग्रहण गराउने तयारी गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस