अब घरभाडामा बस्नेले छुट्टै मिटर राख्न पाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष ९, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस ९, काठमाडौँ । अब घरभाडामा बस्नेले पनि छुट्टै मिटर राख्न पाउने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घरभाडामा बस्नेले पनि छुट्टै मिटर लिएर ग्राहक बन्न सक्ने जनाएको छ ।

मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उर्जामन्त्री पम्फा भुसालले अब घरभाडामा बस्नेले पनि प्राधिकरणको छुट्टै मिटर लिइ ग्राहक बन्न सक्ने बताएकी हुन् । विद्युत वितरण विनीयमावली २०६९ लाई परिवर्तन गरेर ग्राहकमैत्री विद्युत वितरण बिनियमावली बनाइएको मन्त्री भुसालले जानकारी दिइन् ।

मन्त्री भुसालले भनिन्, ‘अब घरभाडामा बस्नेले पनि प्राधिकरणको छुट्टै मिटर लिइ ग्राहक बन्न सक्ने र अपार्टमेन्ट तथा कोलनीमा बस्नेले समेत छुट्टै मिटर लिएर ग्राहक बन्न सक्नेछन् । यसबाट शहरी क्षेत्रमा डेरा गरी बस्ने लाखौँ जनता लाभान्वित हुनेछन् ।’

नेपाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सहकार्य गरी आगामी दुई वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण गर्न कार्ययोजना बनाएर काम अगाडि बढाएको पनि उनले जानकारी दिइन् । अबका दिनमा सङ्गठित क्षेत्रमा प्रयोग हुँदै आएको ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापित गर्ने नीति अख्तियार गरिएको उनको भनाई छ ।

मन्त्री भुसालका अनुसार अब ग्राहकले मागेको समयमा सहजै विद्युत पाउने छन् । १०० केभिएसम्म विद्युत सबैलाई तथा सामुदायिक डेरी, चिस्यान केन्द्र, खानेपानी, सिँचाइ क्षेत्रलाई २०० केभिएसम्म विद्युत प्राधिकरणकै ट्रान्सफरमरबाट उपलब्ध हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस