बागमतीका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष ९, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस ९, हेटौंडा । बागमती प्रदेशको नवनियुक्त ६ मन्त्रीहरुले शपथग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका छन् भने राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

शुक्रबार कांग्रेसबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्रीमा दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलले शपथग्रहण गरेका छन् । त्यसैगरी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्रीमा कल्पना नेपाली र रजनी अमात्य जोन्छेले उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा शपथग्रहण गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले आज नेपाली कांग्रेसबाट ६ मन्त्रीहरु सरकारमा सहभागी गराएका हुन् । आज ३ राज्यमन्त्रीसहित ६ मन्त्री थपिएसँगै बागमती प्रदेश सरकार १८ सदस्यीय बनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस