सरकारले विद्युत व्यापार कम्पनी स्थापना गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष ९, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस ९, काठमाडौं । सरकारले विद्युत व्यापार कम्पनी खडा गर्ने निर्णय गरेको छ । उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले विद्युत व्यापार कम्पनी खडा गरेको जानकारी दिएकी हुन् ।

उनले नेपाल विद्युत प्राधिकरणको सबैभन्दा धेरै शेयर भएको र अन्य विद्युत उत्पादन कम्पनी र विद्युत विकास लगानी तथा विकास कम्पनी लिमिटेड ९एचआईडिसीएल०सँग वित्तीय कारोवार गर्ने समेतको सेयरबाट लाइसेन्स लिएको बताइन् । मन्त्री भुसालले निजी क्षेत्रले पनि यसमा चासो दिएकाले त्यसअनुसारको नै कार्यविधि बनाइरहेको बताइन् । उनले अब विद्युत व्यापार लाइसेन्स जलविद्युतको लाइसेन्स जस्तो नहुने पनि स्पष्ट पारिन् ।

मन्त्री भुसालले नेपालमा कुलेखानीबाहेक जलाशययुक्त जलविद्युत नभएकोले प्रदेश २ बाहेक अन्य प्रदेशमा जलाशययुक्त जलविद्युत आयोजना बनाउने बताइन् । त्यसका लागि प्रदेश १ को दुधकोशी, गण्डकीको बुढीगण्डकी, लुम्बिनीको नौमुरे, कर्णालीको नलगाड, सुदूरपश्चिमको पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना बनाउने र अध्ययनको अन्तिम चरणमा रहेको बताइन् ।

मन्त्री भुसालले सिँचाइको बिजुली निःशुल्क गर्ने योजना बनाएको पनि बताइन् । मन्त्री भुसालले नेपालमा आफ्नै बहुउद्देश्यीय आयोजनाहरू सम्पन्न हुँदै गरेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणसँग समायोजन र सहकार्य गरेर सिँचाइमा खपत हुने बिजुली निःशुल्क दिन सक्ने स्थितिमा मन्त्रालयले योजना अघि सारेको बताइन् ।

मन्त्री भुसालले सिँचाइका लागि नेपालका सबै मानव बस्तीमा निःशुल्क बिजुली दिँदा राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास हुने र तराईमा डिजेल, पेट्रोलबाट सञ्चालित हुने गाडीलाई दुरुत्साहित गरेर विद्युतीय साधनको प्रयोग हुने बताइन् ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर विद्युतको लोड बढेकोले काठमाडौंमा बिजुली गइरहेको बताए । उनले लोड धेरै बढेपछि ट्रान्सफर्मर फेर्नुपर्ने र फेर्नका लागि केही समय लाग्ने भएकोले बिजुली गइरहेको बताए । उनले उपत्यकाको समस्या केही दिनमै हल हुने पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस