‘ए’ डिभिजनः आज दुई खेल हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष १०, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १०, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

हिमालयन र च्यासलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । हिमालयन ५ खेलमा ५ अंक जोडेर नवौं स्थानमा रहेको छ । च्यासल ५ खेलमा ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

दोस्रो खेलमा तालिकाको शीर्ष दुई टोली मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र मछिन्द्रबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मछिन्द्रलाई हराएर शीर्ष स्थान कायम राख्न चाहन्छ । मनाङ ५ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । साविक विजेता मछिन्द्र पनि मनाङलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । मछिन्द्र ५ खेलमा ११ अंक जोडेर दोस्रो स्थानमा छ ।

लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस