आज थप १६७ जनामा कोरोना संक्रमण, २२६ जना निको भए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष १०, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १०, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ हजार २ सय ८३ पिसिआर परीक्षण गर्दा १ सय ५७ जना र २ हजार १ सय ६४ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा २ सय २६ जना कोरोनामुक्त हुँदा थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना भाईरसका कारण ११ हजार ५ सय ८३ जनाको मृत्यु भएको छ ।

नेपालमा हाल ४ हजार ९ सय ७८ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । ती मध्ये ४ हजार ७ सय ४४ संक्रमित होम–आईशोलेसन र २ सय ३४ जना संस्थागत आईशोलेसनमा छन् । जसमध्ये ८१ जना आईसीयु र २२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

बितेको २४ घण्टामा देशभरका २ लाख ५५ हजार ४ सय ५८ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस