महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायको अवैध सेयर हिस्सा प्रकरण: एकपछि अर्को काण्ड बाहिरिदा पनि राष्ट्रबैँकको मौनता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष ११, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस ८,काठमाडौँ । महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले ’चोरबाटो’ बाट बैंकमा आफ्नो सेयर हिस्सा बढाएको पाइएको छ । कुनै पनि बैंक वित्तीय सँस्थाको अध्यक्ष तथा तोकिएका पदमा बहाल रहेको अवस्थामा आफु वा तोकिएका व्यक्तिहरुको नाममा सम्बन्धित सँस्थाको सेयर खरिद गर्न नपाइने कानुनी व्यवस्था भएकाले अध्यक्ष उपाध्यायले बिभिन्न प्रकृयाबाट आफु निकट आफन्तहरुको नाममा सेयर किनेर बैंकमा आफ्नो हिस्सा बढाएका हुन् ।

प्राप्त कागजातअनुसार उनले बिभिन्न समयमा आफन्तहरुको नाममा सेयर खरिद गरेर झन्डै १६ लाख कित्ता पुर्याएका छन् । महालक्ष्मी विकास बैंकको अध्यक्ष बन्नु अगाडी ६० हजार कित्ता रहेकोमा अहिले उनीसंग झन्डै १६ लाख कित्ता सेयर रहेको छ। महालक्ष्मी विकास बैंकसँग मर्ज गर्दा उनि एति डेभलपमेन्ट बैंकका अध्यक्ष थिए । उपाध्यायले नातामा सासु पर्ने सिता शर्मा, भाई पर्ने दिपेन्द्र शर्मा र बबी शर्मा, बहिनि पर्ने रेखा उपाध्याय, बैंकमा आफ्नो गुटका बिश्वासपात्र कर्मचारी, व्यवसायिक साझेदार सुनिल बल्लव वन्त लगायतको आफन्तको नाममा बिभिन्न समयमा संस्थापक सेयर खरीद गरेका छन्।

उपाध्यायले बिभिन्न समयमा गरेर आफन्तहरुको नाममा मात्रै झन्डै ११ लाख कित्ता सेयर खरिद गरेका छन् भने बैंक भित्रैका आफु निकटका अन्य कर्मचारी तथा उनका आफन्तको नाममा समेत सेयर खरिद गरेका छन्। उनले व्यवसायिक साझेदार सुनिल बल्लभ पन्तको नाममा २०७२ साल भदौ १५ गते डेढ लाख कित्ता संस्थापक सेयर किनेका छन । यो सेयर भवानी थापाको नामबाट सुनिल बल्लभ पन्तको नाममा खरिद गरिएको हो । त्यस्तै उपाध्यायले २०७२ साल कात्तिक १३ गते पन्तको नाममा थप २५ हजार कित्ता संस्थापक सेयर खरिद गरेका छन्। प्रकाश आचार्यको नाममा रहेको संस्थापक सेयर पन्तको नामबाट खरिद गरिएको हो ।

नेपाल राष्ट्र बैंकको कानुनी व्यवस्था अनुसार कुनै पनि संचालकले आफु पदमा रहंदा एकाघर सदस्यको नाममा सोहि सँस्थाको सेयर खरिद गर्न नपाउने व्यवस्था रहेको छ। बैंक वित्तीय सँस्थालाई नियमन गर्न बनेको बैंक वित्तीय सँस्था सम्बन्धित ऐन २०७३, ’बाफिया’ को दफा १२ मा यसबारे उल्लेख छ । एकाघर सदस्यको नाममा सेयर खरिद गर्दा कानुन आकर्षित हुने डरले उपाध्यायले आफ्नो ससुराली तर्फ तथा अन्य निकट आफन्तको नाममा सेयर खरिद गरेका हुन ।

बफिया नियमको उल्लंघन गर्दै तेस्रोपटक अध्यक्ष बन्ने दाउमा

उपाध्याय दुईपटक बैँकको अध्यक्ष बनिसकेका छन् । उनि सकेसम्म तेस्रोपटक अध्यक्ष बन्ने दाउमा रहेको स्रोत बताउछ । तर राष्ट्र बैँकले जारी गरेको नियममा एकै व्यक्ती दुई पटकसम्म मात्रै अध्यक्ष बन्न पाउन व्यवस्था छ ।

पटक–पटक राष्ट्रबैँकको निर्देशन उल्लघंन

नेपाल राष्ट्र बैंकको नीति विपरीत महालक्ष्मी विकास बैंकले ऋणीको सम्पत्ति लिलामी गर्न सूचना प्रकाशित गरेको थियो । कोरोना महामारीका कारण ऋणीहरु समस्यामा रहेको हुनसक्ने भन्दै राष्ट्र बैंकले मंगलबार निषेधाज्ञा अवधिभर जरिवाना लगायतका अतिरिक्त शुल्क ऋणीबाट असुल नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएकोबेला ऋण असुली गर्न सुचना जारीसमेत गरेको थियो । उपाध्याय राष्ट्र बैँकलाई नटेर्ने बैँकको अध्यक्षमा पहिलो नम्बरमा पर्ने गर्दछन् ।

यतिमात्रै होइन मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर र निषेधाज्ञा सकिएको पनि एक महिनासम्म ऋणीको सम्पत्ति लिलाम बिक्री सम्बन्धी सूचना ननिकाल्न भनेको थियो तर, राष्ट्र बैंकले यस्तो नीति लिएको २४ घण्टा पनि वित्न नपाउँदै महालक्ष्मी विकास बैंकले ऋणीहरुको सम्पत्ति लिलामी गन सार्वजनिक सूचना निकालेको तथ्य रहेको छ ।

सुन घोटला काण्डः बैँकले विश्वसनियता गुमाउदै

लामो समयपछि नेपालको बैंकिङ क्षेत्रमा अनियमितताकाण्ड बाहिर आएको थियो जुन महालक्ष्मी विकास बैंकमा सुन घोटला काण्ड चर्चित रह्यो । यसमा पनि अध्यक्ष उपाध्यायको व्यवस्थापकिय कमजोरीको रुपमा देखन्छ । कमसल सुन धितो राखी अत्यधिक मूल्यांकन गराई कर्जा लिएर नतिरी ठगी भएको हो । यसमा ऋणीका साथै बैंकका कर्जा शाखाका कर्मचारी तथा सुनजाँचकीको मिलेमतोसमेत देखिएको थियो । सो चलखेलमा संलग्न सञ्चालकहरु समेत भएकाले महालक्ष्मी विकास बैंकको व्यवस्थापन समेत खस्किदै गएको छ । यसअघि बैंकले मेनपावर व्यवसायी हेम गुरुङलाई बालुवाटारको सरकारी जग्गा धितो राखेर कर्जा दिएको थियो । जसमा बैंकको करोडौं नोक्सानीतर्फ उन्मुख भएको तथ्य देखिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस