कुश्मामा प्रथम ‘धौलागिरी चलचित्र महोत्सव’ आयोजना

पुस ११, पर्वत । बन्जी जम्पिङ र स्विङका लागि प्रख्यात मानिएको पर्वत जिल्लाको कुश्मामा प्रथम ‘धौलागिरी चलचित्र महोत्सव’ आयोजना भएको छ । पुषको ७ गतेदेखि १० गतेसम्म कुश्मास्थित सिद्धेश्वर चलचित्र मन्दिरमा भएको महोत्सवमा धौलागिरी क्षेत्र ९पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ० बाट बनेका ३५ वटा फिल्म प्रदर्शन गरिएको आयोजक संस्था अहुरी इन्टरटेन्मेन्टले जानकारी दिएको छ ।

शनिवार महोत्सवको समापना कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएकी गण्डकी प्रदेशको प्रदेश सभा सदस्य ललीतकला गुरुङले धौलागिरी क्षेत्रमा राष्ट्रिय स्तरको फिल्म फेस्टिभल हुनु भनेको समग्र गण्डकी प्रदेशकै लागि गर्व र प्रतिष्ठाको कुरा रहेको बताइन् । आगामी दिनमा केन्द्र स्तरसम्म पनि धौलागिरीमा बनेका फिल्म र फिल्मकर्मीहरु पुग्ने उनको विश्वास छ ।

चार दिनसम्म चलेको महोत्सवमा धौलागिरी क्षेत्रबाट राष्ट्रिय स्तरमा चलचित्र पत्रकारितामा हासिल गरेको सफलता र योगदानको कदर गर्दै जीवन कुमार पराजुलीलाई पत्रकारिता सम्मान, धौलागिरी क्षेत्रबाटै प्रतिनिधित्व गर्ने गोपालचन्द्र लामिछानेलाई चलचित्र निर्देशक सम्मान र विभिन्न फिल्मको कथा लेखिसकेका धौलागिरीका अभिनास श्रेष्ठलाई लेखन सम्मान प्रदान गरिएको थियो ।

महोत्सवमा प्रदर्शन भएका सम्पूर्ण फिल्मको कलाकारदेखि प्राविधिकसम्मलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । महोत्सव आयोजक संस्था अहुरी इन्टरटेन्मेन्टका अध्यक्ष विशाल लोहनीले पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङलाई एकै ठाउँमा समेट्ने गरी धौलागिरीका कलाकारदेखि निर्माता( निर्देशकसम्म सबैलाई प्लेटफर्म दिने उद्देश्यले महोत्सवको आयोजना गरेको जानकारी दिए ।

महोत्सव भन्ने वितिक्कै उत्कृष्ट फिल्म घोषित गरेर पुरस्कार दिने चलन छ । तर, ‘धौलागिरी चलचित्र महोत्सव’ मा यो कार्य भएन । अहिले नै आफूहरुको कुनै फिल्मलाई उत्कृष्ट घोषित गरेर पुरस्कार दिने हैसियत नभइसकेको लोहनीले बताए । अब नियमित महोत्सव गर्ने उनको भनाई छ । पछिल्लो समय धौलागिरी क्षेत्रबाट फिचरदेखि सर्ट फिल्मसम्म निर्माण हुने क्रम निकै बढेको छ ।

संम्बन्धित समचार

Leave a Reply