सिरहामा निषेधाज्ञा: राष्ट्रिय लोकमार्गमा भने गाडी चल्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष १३, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १३ सिरहा, सीके राउत नेतृत्वको जनमत पार्टीले आमहड्ताल र चक्काजाम गरे पछि जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू गरेको छ ।

आज र भोलि बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा लागू भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयले विज्ञप्ति निकालेर यो अवधिभर कुनै भेला हुन, राजनीतिक सभा र गतिविधि गर्न तथा बाहिर हिँडडुल गर्न नपाउने जनाएको छ । तर, यो समयमा राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडक खण्डमा भने गाडी चल्ने विज्ञप्तिमा भनिएको छ ।

नियमको उल्लङ्घन गरे कानुनअनुसार कारबाही हुने विज्ञप्तिमा उल्लेख छ । पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५ सय मिटर आसपासका क्षेत्र तथा चोहर्वादेखि सिरहा सडक खण्डको पेट्रोल पम्पसम्म र यो मार्गको ५ सय मिटर पूर्व-पश्चिम आसपासका क्षेत्रसम्म कर्फ्यु लागू भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस