पाल्पाको तानसेन–तम्घास सडक २२ गतेसम्म बन्द हुने

पुस १३,काठमाडौँ । पाल्पाको तानसेन–तम्घास सडक दैनिक छ घण्टा बन्द हुँदै आएको छ । हिजोदेखि तानसेन नगरपालिका र रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा बनाउने काम गरिरहेकाले पुस २२ गतेसम्म सडक बन्द हुने सडक कार्यालय पाल्पाले जनाएको छ ।

हरेक दिन बिहान साढे ९ बजेदेखि दिउँसो साढे तीन बजे बजेसम्म गाडी आवतजावतमा रोक लगाइएको हो । पुस १२ गतेदेखि २२ गतेसम्मका लागि दैनिक छ घण्टाका दरले १० दिनसम्म सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताए ।

पहाड कटान गरी माटो र ढुङ्गा सडकमा राख्नुपर्ने भएकाले सडक बन्द गरी काम गर्न थालिएको प्रमुख लम्सालले बताए । पाल्पाको हार्थोक–रिडी क्षेत्रको जोर्तेमा साँघुरो सडकका कारण दुर्घटना र सडक बन्द हुँदै आएको थियो ।

संम्बन्धित समचार

Leave a Reply