अर्घाखाँची सिमेन्टले बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्काशन गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष १३, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १३,काठमाडौँ । अर्घाखाँची सिमेन्टले बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्काशन गर्ने प्रक्रिया थालेको छ ।

जसका लागि कम्पनीले माघ ५ गते हुने वार्षिक साधारणसभाबाट बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

कम्पनीले आईपिओ निष्काशनका लागि सोहि अनुसार अधिकृत पुँजी, जारी तथा चुक्ता पूँजी परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव अघि सारेको छ । सो कार्यका लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव साधारसभाबाट अनुमोदन गराउने भएको छ ।

साथै उक्त साधारण सभाले आ.व. २०७७/०७८ को बार्षिक प्रतिवेदन, लेखापरिक्षणको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु माथि छलफल गरी पारित गर्नेछ । उक्त साधारणसभाले सञ्चालक समितिको पुर्नगठन पनि गर्नेछ।

ताजा अपडेट

खोजी गर्नुहोस