पुस १४, काठमाडौं । झापामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दमक नगरपालिका-२ स्थित भाङवारिमा गए राति प्र १–०२–०४३ प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रूखमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।
मृत्यु हुनेमा चितवनको राप्ती-४ निवासी १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङको भुइँखोला-३ निवासी १९ वर्षीय अनिल लामगादे र खोटाङको चिसापानी-४ निवासी २३ वर्षीय अनिल विक रहेको कार्कीले जानकारी दिए ।
एउटै मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी पाठकले बताए । उनीहरू सुनचाँदी पसलमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ ।