माओवादी महाधिवेशनः एमसीसी र अमेरिकाको आलोचनाबारे प्रश्न

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष १४, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौं महाधिवेशनको बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सुझाव र टिप्पणी दिने क्रम चलिरहेको छ । महाधिवेशनस्थल प्रज्ञा भवनमा विभिन्न २५ वटा समूहबाट सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम जारी छ ।

समूहका सदस्य एवम् पूर्वमन्त्री पदम बहादुर राईले एमसीसी खारेज गर्न माग गरेका छन् । उनले श्रमको सम्मान गर्नुपर्ने सँस्कृतिको विकास गर्न, युद्धकालीन मुद्दाहरुको समस्या समाधान गर्न र घाइते तथा अपाङ्गता भएकाहरुका माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

सोलुखुम्बुका प्रतिनिधि गोम्बु शेर्पाले अमेरिकाको आलोचनाबारे थप प्रष्टताको माग गरेका छन् । उनले भने, ‘हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्ने रणनीति अन्तरगत पश्चिमा पुँजीवादले आफ्नो गतिविधि बढाएको भनिएको छ । यसको चिन्ता हामीलाई मात्रै हो कि चीनलाई पनि हो यो प्रष्ट हुनुपर्यो ।’ चीन अमेरिकासँगै मिलेको हुनसक्ने अनुमान गर्दै उनले चीन नबोलेको विषयमा हामीले किन आलोचना गर्ने भनेर प्रश्न गरे ।

शेर्पाले भारतप्रतिको पार्टीको दृष्टिकोण पनि प्रतिवेदनमा उल्लेख गर्न माग गरेका छन् । प्रचण्डको प्रतिवेदन भारतबारे मौन छ ।

शेर्पाले विचारको उचाइको तुलनामा योजना र कार्यक्रम असाध्यै कमजोर आएको भन्दै त्यसको गम्भीरतापूर्वक पुनरलेखन गर्न, समानुपातिक प्रणाली समावेशी वर्गको आधारमा लागू गर्न, बेरोजगारी समस्या समाधान गर्नुपर्ने लगायतमा प्रतिवेदनमा प्रष्ट पार्नुपर्नेमा जोड दिए ।

अहिले प्रदेश १ र प्रदेश २ बाट सुझाव दिने काम सकिएको छ । हरेक समूहलाई निष्कर्ष प्रस्तुत गर्न १५ मिनेटको समय छुट्याइएको छ ।

को को बोल्दै?

१. ज्येष्ठ कम्युनिस्ट मञ्चबाट नन्दकुमार प्रसाईं
२. सल्लाहकार परिषद् ‘क’ बाट नन्दकुमार थापा
३. सल्लाहकार परिषद् ‘ख’ रामनारायण बिडारी
४. प्रदेश १ ‘क’ बाट हर्कबहादुर नेम्वाङ ुमिक्सोु
५. प्रदेश १ ‘ख’ बाट अजम्बर काङमाङ
६. प्रदेश २ ‘क’ बाट सत्यनारायण भगत
७. प्रदेश २ ‘ख’ बाट भवानी थापा
८. लुम्बिनी ‘क’ बाट नारायण अधिकारी
९. लुम्बिनी ‘ख’ बाट सुदर्शन बराल मगर
१०. गण्डकी ‘क’ बाट गायत्री गुरुङ
११. गण्डकी ‘ख’ बाट देवेन्द्र पराजुली
१२. प्रवासबाट मनऋषि धिताल
१३. कर्णाली ‘क’ बाट विमला केसी
१४. कर्णाली ‘ख’ बाट गोपाल शर्मा
१५. सुदूरपश्चिम ‘क’ बाट मानबहादुर धामी ‘सन्तोष’
१६. सुदूरपश्चिम ‘ख’ बाट मिनबहादुर कुँवर ‘विश्वास’
१७. विभाग क (क्वालिटी ब्याङ्क्वेट)
१८. विभाग क (क्वालिटी ब्याङ्क्वेट)
१९. उपत्यका विशेष प्रदेशबाट जगत सिंखडा
२१. सम्पर्क समन्वयबाट श्रीकृष्ण अधिकारी ‘विवेक’
२२. बागमती ‘क’ बाट सरल सहयात्री पौडेल
२३. बागमती ‘ख’ बाट इन्द्र थिङ ‘छिन्ताङ’
२४. आयोगबाट टंक राई
२५. कार्यालयरविभागबाट घनश्याम रजक

 

ताजा अपडेट

खोजी गर्नुहोस