बागमती प्रदेश निति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णराज पन्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष १४, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १४, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश नीति तथा योजना आयोगका पदाधिकारी मनोनित गरेका छन् । मुख्यमन्त्री पाण्डेले बुधबार आयोगमा उपाध्यक्षसहित दुई सदस्यको मनोनयन गरेका हुन् ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आयोगको उपाध्यक्षमा डा. कृष्णराज पन्त चयन भएका छन् । त्यस्तै आयोगको सदस्यहरूमा प्रल्हाद लामिछाने र राजु नेपाल मनोनीत भएका छन् ।

नवनियुक्त पदाधिकारीलाई आज बुधबार नै मुख्यमन्त्री पाण्डे ज्यूवाट पद तथा गोपनीयताको सपथ खुवाईएको मुख्यमन्त्री पाण्डेको निजी सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस