१२ खर्ब बजेट खर्च गर्दा २५ अर्बबढी बेरुजु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष १४, बुधबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पुस १४, काठमाडौं । सरकारले करिब १२ खर्ब बराबरको बजेट खर्च गर्दा २५ अर्ब भन्दा बढी बेरुजु देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको आन्तरिक लेखा परीक्षणको वार्षिक प्रतिवेदनको सारांश अनुसार आर्थिक वर्ष २०७७/७८ मा सो रकम बराबरको बेरुजु देखिएको कार्यालयका प्रवक्ता नवराज ढुङ्गानाले जानकारी दिए ।

उनले भने, ‘सामान्यतया बजेटको आकारसँग खर्चको बढोत्त्तरी सरदर बेरुजुको अकं पनि बढ्दै गरेको छ । सिंग्निफिकेन्टले लगभल ५३ँर५४ प्रतिशत दरले बेरुजुमध्ये असुलउपर गर्नुपर्ने बेरुजु घटेको छ भने पेश्की बेरुजुको मात्रा बढेको देखिनाले बेरुजु बढेको देखियो ।’

खर्चको प्रमाण नपुगेको हिसाबलाई लेखा परीक्षणका माध्यमबाट बेरुजुमा राख्ने गरिएको छ । अघिल्लो महिना अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको प्रतिवेदनको सारांश महालेखा नियन्त्रक कार्यालयले आज वेभसाइट मार्फत सार्वजनिक गरेको हो ।

महालेखा नियन्त्रक कार्यालयले देशभरका ४७११ कार्यालयका १५ हजार ५ सय ५७ वटा बजेट उपशीर्षकको आन्तरिक लेखा परीक्षण गरी प्रतिवेदन बनाएको हो । तथ्यांक अनुसार गत आर्थिक वर्षको कुल बजेटको २.११ प्रतिशत रकम बेरुजु हुन आएको छ । २०७७/७८ को आर्थिक वर्षमा सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको थियो । यसबाट ११ खर्ब ९६ अर्ब ६० करोड रुपैयाँ बेरुजु देखिएको हो ।

यो आर्थिक वर्षमा राजस्वतर्फका बेरुजु भने २३ करोड ३१ लाख रुपैयाँ देखिएको छ । यस आवमा कुल ९ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो । आन्तरिक लेखा परीक्षणबाट ०.०२ प्रतिशत राजस्व बेरुजु देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस