ब्राइटनसँग चेल्सीको बराबरी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष १५, बिहिबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

पुस १५, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा चेल्सीले ब्राइटनसँग १-१ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सीले अंक बाड्नु परेको हो । खेलको २८ औं मिनेटमा रोमेरो लुकाकुले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको इन्जुरी समयमा ड्यानी वेलबेकले गोल गर्दै ब्राइटनलाई हारबाट जोगाए ।

बराबरीसँगै चेल्सीले २० खेलमा ४२ अंक जोडेको छ । चेल्सी दोस्रो स्थानमा रहेको छ । ब्राइटन २४ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

यस्तै अर्को खेलमा ब्रेन्टफोर्डलाई म्यानचेस्टर सिटीले हराएको छ । बुधबार राति भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई १-० गोल अन्तरले हराएको हो ।

सिटीको जितमा फिल फोडेनले निर्णायक गोल गरे । फोडेनले १६ औं मिनेटमा केभिन डी ब्रुएनको पासमा गोल गरेका हुन् । यस्तै ८७ औं मिनेटमा एम्रिक लापोर्टाको गोलले मान्यता पाएन । भीएआरमा उनको गोल अफसाइड देखिएको थियो ।

जितसँगै सिटीले २० खेलमा ५० अंक जोडेको छ । सिटीले शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ । ब्रेन्टफोर्ड २० अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस