चित्लाङ जाने सडकमा युवकको शव फेला

Post Thumbnail

पुस १५,काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित सडकमा युवकको शव फेला परेको छ । वडा नम्बर ४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

अहिले एसपी मैनाली नेतृत्वको टोली र अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको छ । शवको फोरेन्सिक जाँचका कारण चिकित्सकको टोली पनि घटनास्थल पुगेको एसपी मैनालीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस