प्रिमियर लिगः युनाईटेडको सहज जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष १६, शुक्रबार (२ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

पुस १६, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले बर्नलीलाई हराएको छ । बिहीबार राति भएको खेलमा युनाईटेडले बर्नलीलाई ३-१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा स्कट म्याकटोमीनेले आठौं मिनेटमा गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २७ औं मिनेटमा बी मिले आत्मघाती गोल गरेपछि युनाईटेड २-० ले अघि रह्यो ।

क्रिस्टियानो रोनाल्डोले ३५ औं मिनेटमा गोल गर्दै युनाईटेडलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ३८ औं मिनेटमा बर्नलीका लेननोनले एक गोल फर्काएपनि युनाईटेड ३-१ ले विजयी भयो ।

यस जितसँगै युनाईटेड लिगको छैटौं स्थानमा उक्लिएको छ । युनाईटेडले १८ खेलमा ३१ अंक जोडेको छ । बर्नली ११ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस