हुस्सु र कुहिरोका कारण सबै हवाई उडान बन्द

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष १६, शुक्रबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

पुस १६, काठमाडौं । काठमाडौं उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै खाले उडान रोकिएका छन् । भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

मौसम सफा नभइ कुनै पनि उडान तथा अवतरण गर्न नसकिने विमानस्थलले जनाएको छ । अहिले केही अन्तर्राष्ट्रिय एयरलाइन्सले अवतरणको प्रयास गरेपनि सफल हुन सकेको छैन ।

अहिले देशका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस