ग्लोबल आइएमई बैंकद्वारा १५औँ वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष १६, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १६, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

यस कार्यक्रम अन्तर्गत, प्रदेश १ कोतिनपैनी शाखा,विराटनगर, मोरङ, प्रदेश २ कोलाहान शाखा, सिराहा, वाग्मती प्रदेशको कान्तिपथ शाखा, काठमाण्डौ,गण्डकी प्रदेशको न्यूरोड शाखा,पोखरा, कास्की,लुम्बिनी प्रदेशको मिलनचोक शाखा, बुटवल, रुपन्देही, कर्णाली प्रदेशको विरेन्द्रचोक शाखा, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश कार्यालय, चटकपुर, धनगढीमा पौष १६गते रक्तदान कार्यक्रम आयोजना गरिएको छ । देशभर आयोेजित कार्यक्रममा ४१६ रक्तदाताहरुबाट १८७ लिटर रगतदान गरिएको थियो ।
यस अघि बैंकले महिलालाई आर्थिक रुपमा सशक्त बनाउने उद्देश्यका साथ देशव्यापी मेरी उनीलाई स्वस्थनारी पहल निशुल्क महिला स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो ।
बैंकको १५औँ वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल बैंकिङ्गसम्बन्धी साक्षरता कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, खेलकुद तथा अन्य सामाजिक कार्यक्रमहरुको आयोजना गरिरहेको छ । ग्लोबल आइएमई बैंक यही पौष १८ गते आइतबार देखि स्थापनाको १५ वर्ष पुरा गरी १६औँ वर्षमाप्रवेश गर्दैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस