माओवादी केन्द्रको केन्द्रीय सदस्य, पदाधिकारीको कोटा निर्धारण

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ पौष १७, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १७, काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा समावेश हुने सदस्यको क्लस्टर अनुसारको प्रतिनिधित्व हुने सदस्यको संख्या तय गरेको छ । शनिबार बिहान बसेको स्थायी समिति बैठकले केन्द्रीय समितिमा क्लस्टर अनुसार समावेश हुनेको संख्या तय गरेको हो ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश साहका अनुसार ९ क्लस्टर सहित २९९ जनाको केन्द्रीय समिति रहने छ । साहका अनुसार शनिबारको बैठकले केन्द्रीय समितिमा १५ प्रतिशत दलित, ३५ महिला, ५ मुस्लिम जनजाति, अल्पसंख्यक लगायतको प्रतिनिधित्व सुनिश्चित गरेको हो ।

त्यस्तै बैठकले स्थायी समिति र पोलिटव्युरोमा भने प्रतिशत नतोकि आवश्यकताका आधारमा गर्ने निर्णय गरेको साहले जानकारी दिए । यसअघि नेता देव गुरुङको संयोजकत्वमा क्लस्टर अनुसारको प्रतिनिधित्वका विषयमा सुझाव दिन कार्यदल गठन गरिएको थियो ।

माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा आज नेतृत्व चयन हुने जनाइएको छ । माओवादीमा १५ जना पदाधिकारीसहित २सय ९९ जनाको केन्द्रीय समिति रहने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस