धुनिवेशीमा न्यायिक समितीद्धारा ८३ वटा घटनाको निरुपण तथा मेलमिलाप

पुस १७,काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिकामा विभिन्न विषयका ८३ वटा घटनाहरु निरुपण तथा मेलमिलाप गरिएको छ । नगरपालिकाको निर्वाचित पहिलो स्थानिय सरकारका चार वर्षीय उपलब्धीहरु विषयक पुस्तकमा उक्त सँख्याका घटनाहरु निरुपण तथा मेलमिलाप गरिएको उल्लेख छ ।

संबिधानको धारा २३१ अनुसार गठित न्यायिक समिति अन्तर्गत ८३ वटा बिषयबस्तुहरु मध्ये जग्गा विवादको ३०, आथिक विवादको ९, घरायसीको २१, महिला हिंसाको ४, वाताबरण प्रदुषणको ३ वटा घटनाहरु निरुपण तथा मेलमिलाप गरिएको छ । यस्तै बाटो विवादको ५ वटा, खानेपानी विवादको ४, अंशबन्डा विवादको ४, बहुबिबाहको १, मानसिक यातनाको १ र औध्योगिक कार्यको बिबाद अन्तर्गत १ वटा रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले हालै मात्र चार आर्थिक वर्षसम्म भएका उपलब्धिहरु समेटिएको पुस्तक प्रकाशन गरेर सार्वजनिक गरिसकेको छ ।

संम्बन्धित समचार

Leave a Reply