गुण एयरलाइन्सको काठमाडौं-सुर्खेत उडान सुरु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष १७, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १७, काठमाडौँ । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं-सुर्खेत व्यावसायिक उडान सुरु गर्न लागेको छ । सन् २०२२ को सुरुआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो ।

गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतबार देखि १८ सिटे जहाजबाट उडान सुरुआत गर्न लागेको जानकारी दिए ।

काठमाडौं-सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ । अनलाइन टिकटमा काठमाडौं-सुर्खेतका लागि आठ हजार ५४५, नौ हजार ५४५ र ११ हजार ४२० भाडादर तोकेको उक्त एयरलाइन्सले दैनिक बिहान ८:३० बजे काठमाडौंबाट र सुर्खेतबाट ९:५० बजे उडान भर्ने जनाएको छ ।

प्रवक्ता थापाले यही पुस २६ गतेदेखि भने दिउँसो २ः३० बजे काठमाडौंबाट र सुर्खेतबाट ३ः५० बजे उडान गर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस