‘ए’ डिभिजन लिग: थ्री स्टारले जावलाखेललाई २–१ गोलले हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष १७, शनिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

पुस १७,काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजको पहिले खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई हराएको छ ।

दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले जावलाखेललाई २–१ गोलले हराएको हो । थ्री स्टारका आयुष घलान र ऋतिककुमार खड्काले गोल गरे ।

जावलाखेलका लागि निकोलस फर्नान्डेसले एक गोल फर्काए । जितसँगै थ्री स्टार १० अंकसहित पाँचौ स्थानमा पुगेको छ । सात अंक रहेको जावलाखेल नवौँ स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस