‘ए’ डिभिजनः मनाङ शीर्ष स्थानमा उक्लियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष १७, शनिबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

पुस १७, काठकाडौँ । मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । पोखरा रंगशालामा आज ब्रिगेड ब्वाइज क्लबलाई १–० गोल अन्तरले हराउँदै मनाङ शीर्ष स्थानमा उक्लिएको हो ।

मनाङको जितमा कप्तान अन्जन विष्टको गोल निर्णायक बन्यो । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । ब्रिगेड भने पेनाल्टीमा गोल गर्न नसक्दा हार्न बाध्य भयो । ब्रिगेडका शिशिर लेखीले १७ औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् ।

जितसँगै मनाङले एएफसी कप छनोट खेल्ने सम्भावना कायम राखेको छ । मनाङले ७ खेलमा १६ अंक जोडेको छ । ब्रिगेडले ७ खेलमा ५ अंक जोडेको छ ।

यस्तै, आजको पहिलो खेलमा थ्रिस्टारले जावलाखेल युथ क्लबलाई २–१ ले हराएको छ । जितसँगै थ्री स्टारले ७ खेलमा १० अंक जोडेको छ । जावलाखेलले ७ खेलमा ७ अंक जोडेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस