प्रतिनिधि सभा बैठक बस्दै, एमालेले अवरोध जारी राख्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ पौष १८, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस १८, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश गर्ने एउटा मात्रै कार्यसूची रहेको छ ।

त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । संसद भवनको शंकर हलमा बस्ने परामर्श समितिको बैठकमा संसदको अवरोध हटाउन पहल हुने संसद सचिवालयले जनाएको छ ।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो माग सम्वोधन नभएको भन्दै संसद अवरोध जारी राख्ने अडान कायमै राखेको छ । नेकपा एमालेले भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।

एमालेले कारवाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई सभामुखले मान्यता नदिएको , सभामुखले सदनमा पक्षपात पूर्ण व्यवहार गरेको लगायतका माग राखेर एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस