‘ए’ डिभिजनः मछिन्द्रलाई जित्नैपर्ने दबाब

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष १८, आईतबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

पुस १८, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार एक खेल हुँदैछ । लिगको सातौं चरण अन्तर्गत आइतबार एक मात्र खेल हुन लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र मछिन्द्रबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

एएफसी कप छनोट खेल्नका लागि मछिन्द्रलाई पुलिसविरुद्ध जित्नैपर्ने दबाब छ । मछिन्द्र ६ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एएफसी कप छनोट खेल्न सातौं चरण सकिदा मछिन्द्रलाई शीर्ष स्थानमा उक्लनु पर्नेछ ।

यस्तोमा मछिन्द्रलाई जित बाहेक अन्य बिकल्प छैन । पुलिससँग हार वा बराबरीमा रोकिएमा मनाङ एएफसी कपका लागि छनोट हुनेछ ।

मनाङ ७ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

यता, पुलिस ६ खेलमा ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ । पुलिस आज मछिन्द्रलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । तर, खराब लयमा रहेको पुलिसलाई जित निकाल्न सहज भने छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस