माओवादी केन्द्रको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष १८, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १८, काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक २२ गतेसम्मका लागि स्थगित भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित भएको स्रोतले बतायो ।

आजको प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्ने तय भएको थियो । सो बैठकमा थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची थियो । तर माओवादी केन्द्रले संसद बैठक स्थगित गरिदिन आग्रह गरेको थियो ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन यही पुस ११ गतेदेखि काठमाडौंमा जारी छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस