मलामी बोकेको बस दुर्घटनाः सात जनाको मृत्यु, आठ घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष १८, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १८, सुर्खेत । पाल्पामा मलामी बोकेको बस दुर्घटना भएको छ । आइतबार बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस तानसेन गुल्मी सडकखण्डको लघुवामा बिहान करिब ११ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए । दुर्घटनामा घाइते भएका ८ जनाको उद्वार गरी उपचारको लागि तानसेन पठाइएको छ ।

बसमा कति जना सवार थिए भन्नेबारे यकिन हुन सकेको छैन् । उद्वारकार्य अहिले पनि जारी छ । शवसहित मलामी बोकेर बस रिडी तर्फ जाँदै गरेको थियो ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस