इंग्लिस प्रिमियर लिगः लिभरपुल बराबरीमा रोकियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष १९, सोमबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

पुस १९, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीसँग २-२ गोलको बराबरी खेलेको हो ।

चेल्सीको मैदानमा सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकिएको हो । खेलको नवौं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा मोहमद सलाहले गोल गर्दा लिभरपुल २-० ले अघि रह्यो ।

खेलको ४२ औं मिनेटमा माटियो कोभासिचले गोल गर्दै चेल्सीलाई २-१ को स्थितिमा ल्याए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै चेल्सीले २१ खेमा ४३ अंक जोडेको छ । चेल्सी दोस्रो स्थानमा रहेको छ । लिभरपुलले २० खेलमा ४२ अंक जोडेको छ । लिभरपुल तेस्रो स्थानमा रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस