स्पेनिस ला लिगाः बार्सिलोनाले मालोर्कालाई हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष १९, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १९, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले मालोर्कालाई हराएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई १-० गोल अन्तरले हराएको हो ।

बार्सिलोनालाई जित दिलाउन लुक डी योङले निर्णायक गोल गरे । योङले खेलको ४४ औं मिनेटमा गोल गरेका थिए । जुन गोल खेलको निर्णायक गोल बन्यो ।

यस जितसँगै बार्सिलोनाले १९ खेलमा ३१ अंक जोडेको छ । बार्सिलोना लिगको पाँचौ स्थानमा उक्लिएको छ । मालोर्का २० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस