मेस्सीलाई कोभिड-१९ को सङ्क्रमण

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष १९, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस १९, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फर्वाड लियोनल मेस्सीलाई कोभिड-१९ को सङ्क्रमण भएको छ । मेस्सीसँगै पीएसजीका अन्य तीन खेलाडीलाई पनि संक्रमण भएको छ । उनीहरु अहिले सेल्फ आइसोलेसनमा बसेका छन् ।

अर्जेन्टीनाका खेलाडी मेस्सी अहिले फ्रान्सको फुटबल क्लब पीएसजीमा आबद्ध छन् । उनलाई सङ्क्रमण भएको फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको बीबीसीले जनाएको छ।

सङ्क्रमण पुष्टि भएसँगै उनले अहिले तत्कालका लागि तय भएका खेलहरु गुमाउने छन् । उनीसँगै सङ्क्रमित भएका अन्य तीन सहकर्मीहरुले पनि स्वास्थ्य मापदण्डअनुसार आइसोलेसनमा बसेको अधिकारीहरुले जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस